‘लङ डिस्टेन्स रिलेसनशिप’ पार्टनरबीचको सम्बन्ध कसरी बलियो पार्ने ?

लोकपथ
0
Shares

काठमाडौं – प्रेमको कुनै सीमाना हुँदैन । प्रेमका लागि कुनै पर्खाल वा भूगोलले छेक्न रोक्न सक्दैन । तर के चाहिँ हुनसक्छ भने आफूबाट टाढाको भूगोलमा भएका कारण प्रेमजोडीमा दरारको स्थिती चाहिँ आउन सक्छ । कामकाज, रोजगारी, अध्ययन वा कुनै सिलसिलामा तपाईको पार्टनर आफूभन्दा निकै परको दूरीमा वा अन्य ठाउँमा हुनुहुन्छ भने पक्कै पनि सम्बन्धमा केहि खटपट आउन सक्छ । तर तपाईको प्रेम सम्बन्ध जोगाउन तपाईले केहि कुराहरु बुझ्नुपर्छ । के हुन् त ति कुराहरु ? 

माफ दिने माफि माग्ने

थोरैपनि इगो नराख्ने

दुवैले आ – आफ्नो जिम्मेवारी वहन गर्ने

एक अर्काको काममा सपोर्ट गर्ने

छलफल गरिरहनुहोस्

जीवनका योजनाहरु बनाउनुहोस्

अरूभन्दा आफू र आफ्नो लागि आफ्नो पार्टनर विशेष भएको महशुस गराउनुहोस् ।

पार्टनरको समस्या बुझ्नुहोस् र तिनीहरूलाई समाधानको लागि जमर्को गर्नुहोस् ।

अनुभवहरू साझेदारी गर्नुहोस् ।

कहिलेकाँही आफ्नो पार्टनरको प्रशंसा पनि गर्नुहोस् । कृतज्ञता पनि दिनुहोस्।

सधैँ त नसकिएला तर कहिलेकाहिँ आफ्नो साथीले चाहेको जसरी आफूलाई ढाल्नुहोस् ।

आज पो तपाईहरु छुटिनुभएको छ !  रोमान्सयुक्त भविष्य कल्पना गर्नुहोस्।

‘म तिम्रो लागि कुरिरहेको छु’ भन्ने आभाष दिलाउनुहोस् ।

के नगर्नुहोस् !
झर्कोफर्को नगर्नुहोस्

प्रश्नैप्रश्न नथोपर्नुहोस्

किचकिच गर्ने बानी त्याग्नुहोस्

सबै चिजको तुलना पैसासँग नगर्नुहोस्

शंका गर्ने बानी हटाउनुहोस् ।

सम्बन्धको जग भरोसा इमान्दारिता र विश्वासमा मात्रै बलियो हुन्छ यो कुरा भुल्नुहुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?