लामो नङ पालेर विश्व रेकर्ड राख्न विदेशीको सहयोग

RSS
0
Shares
सांकेतिक तस्वीर

धनुषा । दिनेशसिंह यादवले लामा नङ पालेर विश्वमै देश र मधेशको नाम उच्च पार्ने धोको राखेका छन् । सो धोकोलाई साकार पार्न जनकपुरधाम उपमहानगरपालिका–१७ कनकपट्टीका उनी विगत १० वर्षदेखि नङ पाल्दै आइराखेका छन् ।

लामा नङ पाल्नेमा आफू नेपालमै पहिलो व्यक्ति भएको दाबी गर्ने उनको हातको औलाको नङ ७, ९ र १० इन्च गरी ४० इन्चको भइसकेको छ । विदेशमा काम गर्ने केही कनकपट्टीवासीले नङका बारेमा प्रचारप्रसार गर्दा केही युएसए र जापानवासीले उनलाई नङको संरक्षणका लागि आर्थिक सहयोग पनि गरिरहेका छन् ।

देश, प्रदेश र स्थनीय सरकारबाट कुनै पनि सहयोग प्राप्त नभएको यादवलाई नङ पालेर विश्व रेकर्ड कायम गर्नका लागि युएसए र जापानवासीले मासिक १५ हजार रकम सहयोग गरिरहेको छन् । विदेशमा कार्य गर्ने गाउँवासीको प्रचारप्रसारका कारण चार वर्षअघि दुवै देश नागरिकले आफूसँग जनकपुरमा भेट गरी आर्थिकरूपले सहयोग गर्ने क्रम शुरू गरेको उनी बताउछन् ।

जाडोयाममा सिरक ओढ्ने क्रममा नङको रक्षामा समस्या हुने गरेको बताउँदै यादव भन्छन्, “देश र मधेशको नाम उच्च पार्न जस्तोसुकै समस्यासँग लड्न तयार छु ।” स्थानीय सरस्वती माध्यमिक विद्यालयमा लेखापाल पदमा कार्यरत यादव विदेशी नागरिकले नङ संरक्षण र प्रवर्द्धनका लागि गरेको सहयोग रकमले नङको संरक्षण कार्यसँगै बचत पनि गरेका छन् ।

उनी भन्छन्, “नङ संरक्षणका लागि सहयोगीबाट प्राप्त रकममध्ये मासिक ५०० खर्च हुने गरेको र बाँकी रकम भविष्यलाई ध्यानमा राखी बैंक जम्मा गर्दा हाल चार लाख पुगेको छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?