आइसीसीको घोषणा : अब हरेक महिना उत्कृष्ट खेलाडीलाई अवार्ड दिइने, कसरी छानिन्छ विजेता ?

काठमाडौं । अब हरेक महिना बेस्ट परफर्मेन्स गर्ने इन्टरनेशनल प्लेयरलाई आइसीसी प्लेयर अफ दी मन्थ अवार्डबाट सम्मान गरिने भएको छ । इन्टरनेशनल क्रिकेट काउन्सिलले बुधवार यो नयाँ अवार्डको घोषणा गरेको हो ।

यसमा मेन्स र वुमेन्स समेत दुई क्याटेगरी हुनेछ ।

आइसीसीले मिडिया रिलीजमा भोटको आधारमा विजेता छानिने बताएको छ ।

आइसीसीका अनुसार भोटिङमा विश्वभरबाट पूर्व क्रिकेटर्स, ब्रोडकास्टर र खेल पत्रकार सामेल रहनेछन् ।

यसका साथै फ्यान्सको भोट पनि विजेता छान्नमा सहयोग हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?