निर्वाचन आयोगले बोलायो नेकपाका दुवै पक्षलाई

काठमाडौं । निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दुवै पक्षलाई बोलाएको छ ।

संसद विघटनपछि दुई समूहमा विभाजित ओली र प्रचण्ड-नेपाल पक्षलाई छलफलका लागि बोलाएको हो ।

दुवै पक्षका अध्यक्षहरु वा अध्यक्षको आधिकारिक प्रतिनिधि पठाउँन पत्र पठाइएको आयोगले जनाएको छ । आयोगका अनुसार शुक्रवार बिहान साँढे ११ बजे अध्यक्षद्वय वा दुवै समूहका आधिकारिक ५/५ जना प्रतिनिधि पठाउँन भनिएको हो ।

संसद विघटनपश्चात नेकपा दुई समूहमा विभाजित भएको छ । एक समूहको नेतृत्व प्रधानमन्त्री केपी शर्मा ओलीले गरिरहेका छन् । भने अर्को समूहको नेतृत्व पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल (प्रचण्ड-नेपाल) ले गरिरहेका छन् । विभाजित दुवै समूहले आफूलाई आधिकारिक नेकपा भनिरहेकपनि आयोगले भने कुनै पनि पक्षलाई मान्यता दिएको छैन् ।

भोलिको छलफलमा आगामी निर्वाचनको लागि दल दर्ता गर्ने समय आउन लागेकोबारे दुवै समूहलाई जानकारी गराउनका लागि बोलाइएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?