ऐश्वर्याले थालिन् फिल्मको शूटिङ

काठमाडौं । कोरोनापोजेटिभ भएपछि लामो समयसम्म सञ्चारमाध्यमबाट टाढै रहेकी बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चनले फिल्मको शूटिङ थालेकी छन् ।

उनले मणिरत्नमको निर्देशनमा बन्न लागेको अपकमिङ फिल्म पोन्नियिन सेल्वनको शूटिङका लागि बुधवार हैदराबाद गएकी थिइन् । एयरपोर्टमा उनीसँगै अभिषेक र आराध्या पनि थिए ।

शूटिङपछिका केहि तस्वीर अहिले सोसल मिडियामा भाइरल बनिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?