चौदण्डीको पोस्टमा वालिङले वर्षायो १० गोल

लोकपथ
0
Shares

काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा स्याङ्जाको वालिङ नगरपालिकाले पहिलो जित हात पारेको छ ।

बिहीवार उदयपुरको चौदण्डीगढी नगरपालिकालाई १०-० गोल अन्तरले पराजित गर्दै वालिङले पहिलो जित हात पारेको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा वालिङलाई जित दिलाउन विदेशी खेलाडी मिथो रुथले दोहोरो ह्याट्रिक गरिन् । यस्तै सम्झना शर्माले दुई गोल गरिन् ।

मनमाया दमाई र टौटा ओरेनेला नोईलीले समान एक एक गोल गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?