संवैधानिक इजलासमा किन भयो ‘न बिर्सेँ तिमिलाई न पाँए तिमिलाई…’ गीतको चर्चा ?

काठमाडौं । संसद विघटनविरुद्ध परेका मुद्दामा सर्वोच्चको संवैधानिक इजलासमा माघ ४ गतेबाट निरन्तर बहस भइरहेको छ ।

बिहीवारको बहसका क्रममा संवैधानिक इजलासमा गायिका अञ्जु पन्तको न बिर्सेँ तिमिलाई न पाएँ तिमिलाई भन्ने गीतको प्रशंग आएको छ ।

आज बहस गर्दै वरिष्ठ अधिवक्ता गोपाल कृष्ण घिमिरेले प्रधानमन्त्री केपी शर्मा ओलीले लिखित जवाफमा गरेको पराम्पराको कुराले आफूलाई उक्त गीतको याद दिलाएको बताए ।

बहस गर्दै उनले भने, “एउटा गीत छ श्रीमान् अञ्जु पन्तको न बिर्सें तिमीलाई न पाएँ तिमीलाई भन्ने जो निकै व्यापक भएको थियो, उहाँ (प्रधानमन्त्री) को लिखित जवाफ देखेर मलाई त्यही याद आयो,” उनले भने।

प्रधानमन्त्री ओलीले संविधानमा उल्लेख नै नभएको अधिकारलाई प्रयोग गर्दै परम्परालाई आधार देखाएको तर त्यस्तो गर्न नमिल्ने अधिवक्ता घिमिरेको जिकिर छ ।

अधिवक्ता घिमिरेले संसद विघटन जस्तो कमद चाल्दासमेत कसैसँग सल्लाह नलिएको भन्दै प्रधानमन्त्रीको आलोचना समेत गरेका छन् । उनले भने, “विघटन गर्दा उहाँले कसैसँग सल्लाह गर्नुभएन, सभामुखसँग पनि छलफल गर्नु भएन ।”

दुई दुई पटक संविधान सभाको निर्वाचन गरेर संविधान बनाएको कुरा स्मरण गराउँदै प्रधानमन्त्रीलाई दिँदै नदिएको अधिकार प्रयोग गरेर संसद विघटन गर्नु आपत्तीजनक रहेको अधिवक्ता घिमिरेको दाबी छ ।

“अनि परम्परा देखाएर विघटन गर्नु भो। कही नभएको कुरा हाम्रा संविधानसभाको चुनाव नै दुई पटक भएको थियो। दुवै सभामा व्यापक छलफल गरेर ल्याएको यो संविधान हो जसले प्रधानमन्त्रीलाई विघटनको अधिकार दिएको छैन।” उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?