के रोहन श्रेष्ठसँग विवाह गर्दैछिन् श्रद्धा कपूर ? वरुण धवनले दिए संकेत

काठमाडौं । हालै मात्र बलिउड अभिनेता वरुण धवनले फेसन डिजाइनर नताशा दलालसँग विवाह गरे । उनको एक पोस्ट अहिले सोसल मिडियामा अत्याधिक भाइरल बनिरहेको छ ।

उनले यसमा अभिनेत्री श्रद्धा अब चाडै फोटोग्राफर रोहन श्रेष्ठसँग विवाह गर्ने संकेत दिएका छन् । रिपोर्टका अनुसार रोहन श्रद्धासँग डेट गरिरहेका छन् । उनीहरु २०२० मै विवाह गर्ने तरखरमा थिए ।

रोहनले बधाई दिँदै एक पोस्ट गरेका थिए । जसमा वरुणले लेखेका छन्, ‘म साँच्चै लक्की छु, आशा छ तिमी तयार छौ ।’

२०१९ को एक अन्तर्वार्तामा शक्ति कपूरले श्रद्धा अबका ४-५ वर्षसम्म विवाह नगर्ने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?