प्रधानमन्त्री र ४ पूर्व प्रधानन्यायधीशविरुद्ध परेका अवहेलना मुद्दाको सुनुवाई आज हुँदै

काठमाडौं । सर्वोच्चमा प्रधानमन्त्री केपी शर्मा ओली र ४ पूर्व प्रधानन्यायाधीशहरुविरुद्ध परेको अवहेलना मुद्दाको आज सुनुवाई हुने भएको छ ।

बिहीवार (आज) न्यायाधीश मनोज शर्माको एकल इजलासमा सुनुवाइको पेसी तोकिएको हो ।

प्रधानमन्त्री ओलीले संसद विघटनसम्बन्धी संर्वोच्चमा विचाराधीन मुद्दामा विभिन्न अभिव्यक्ति दिएको साथै अदालतको बहसलाई तमासा गरेको भन्ने अभिव्यक्तिविरुद्ध मुद्दा दर्ता भएको थियो । त्यस्तै सर्वोच्चमा विचाराधिन मुद्दामा संयुक्त विज्ञप्ति निकालेको भन्दै मुद्दा दर्ता भएको थियो ।

वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले प्रधानमन्त्री ओलीविरुद्ध रिट निवेदन दर्ता गराएका थिए।

त्यस्तै पूर्वप्रधानन्यायाधीशहरू अनुपराज शर्मा, मिनबहादुर रायमाझी, कल्याण श्रेष्ठ र सुशीला कार्की विरुद्ध अधिवक्ता धनजित बस्नेत र लोचन भट्टराईले अवहेलना मुद्दा दर्ता गराएका थिए ।

त्यस्तै अदालतको अवहेलना गरेको आरोपमा पूर्व सभामुख दमननाथ ढुंगानाविरुद्ध समेत मुद्दा दर्ता भएको छ । पूर्व सभामुख ढुंगानाविरुद्ध अधिवक्ता राजाराम घिमिरेले अवहेलना मुद्दा दायर गरेका थिए।

तीन वटा मुद्दाको लागि आज सुनुवाईका लागि समय तोकिएको छ ।

संसद विघटनसविरुद्ध परेका मुद्दाबारे सर्वोच्चको संवैधानिकमा माघ ४ गते आइतवारबाट निरन्तर बहस भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?