भ्याक्सिनेशनमा भेदभाव : अमेरिकामा कोरोनाबाट संक्रमित र मृतक अश्वेत धेरै, भ्याक्सिन श्वेतलाई धेरै

काठमाडौं । कोरोना भाइरस संक्रमितको संख्या विश्वमा १० करोड नाघेको छ । सबैभन्दा संक्रमित अमेरिकाको अवस्था अहिले पनि चिन्ताजनक छ ।

यसैबीच एक मिडिया रिपोर्टकाअनुसार टीकाकरणमा रंगभेदी समस्या देखिएको बताइएको छ ।

१४ राज्यको टीकाकरणको विश्लेषणबाट हेर्दा ल्याटिन र अश्वेतको तुलनामा ढाई गुणा धेरै श्वेतलाई कोरोना भ्याक्सिन लगाइएको छ ।अमेरिकी रोग नियन्त्रण तथा रोकथामको डेटाका अनुसार देशका ४ प्रतिशत श्वेतलाई टीका लगाइसकिएको छ ।

यो संख्या अश्वेत (१.९ प्रतिशत) को तुलनामा २.३ गुणाले धेरै हो । तर अश्वेतहरु अमेरिकामा धेरै कोरोनाको शिकार भएका छन् । श्वेतको तुलनामा कोरोनाको शिकार भएका श्वेतको संख्या ५ गुणाले बढी छ ।

अस्पतालमा भर्ती हुनेको संख्या पनि श्वेतको तुलनामा ४ गुणाले अश्वेतको बढी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?