सावधान ! जाडो महिनामा रुघा खोकीबाट यसरी बचौँ

लोकपथ
0
Shares

काठमाडौं – के मध्यजाडोमा तपाईलाई रुघा खोकी वा चिसोले निम्त्याउने समस्या देखिएको छ ?

छ भने धन्दा नमान्नुहोस् ।

कोरोना भाइरस ‘कोभिड – १९’ को संक्रमणबाट र दिनप्रतिदिन बढीरहेको चिसोबाट जोगाउन हाम्रो भान्साको औषधि काफि छ ।
के हुन् र कसरी प्रयोग गर्ने भान्साका औषधि ? 
तातो पानीमा एक सानो टुक्रा अदुवा, एक चिम्टी बेसार, दुई थोपा कागतीको रस, एक टुक्रा ल्वाङ, सुकुमेल, दालचीनी, आधा टुक्रा लसुन राखेर आफ्ना परिवारलाई हरेक साँझ ७ बजेको खानापछि पिउने ।

चिकित्सकका अनुसार जाडोयाममा धेरैलाई मौसमी फ्लूले सताउँछ । केहीको शरीर निकै गल्छ । कसैलाई गम्भीर प्रभाव पार्छ भने केहीलाई सामान्य रुघा लागेर ठिक हुन्छ । तर यसपटक कोरोना भाइरस ‘कोभिड – १९’ को महामारीका कारण पनि मानिसहरु बिरामी पर्ने सम्भावना बढी हुन्छ।

चिकित्सकका अनुसार सामान्य रूपमा रुघाखोकी सात देखि दश दिन सम्म हुने गर्दछ । यस समस्याबाट छुट्कारा पाउनको लागि भान्सामा नै उपलब्ध हुने घरेलु उपाय प्रयोग गर्नुपर्छ ।

प्रशस्त तातोपानी पिउने

नियमित आहारबिहार गर्ने

व्यायाम गर्ने

योगा गर्ने

खेलकुदमा सहभागि हुने

ब्रो काउलीको तरकारी खाने (यसमा भिटामिन ए, भिटामिन सि, भिटामिन ई तथा फाइबर अत्याधिक मात्रामा पाइन्छ ।)

लसुन र तातोपानी (बिहान लसुन प्रयोग गर्ने स्वास्थ्य गुणले भरिएको हुन्छ र यसको सेवनले फ्लू र इन्फेक्सनको समस्या हुँदैन । लसुन नियमित सेवनले इम्युनिटी पावर रोग प्रतिरोधात्मक क्षमता बढ्दै जान्छ । ग्यास्टिकका रोगीलाई समेत फाइदा पुग्छ ।)

मह र तातोपानी : 
रुघा खोकीको समस्याले ग्रसित भएको समयमा महको सेवन अचुक औषधि हुनसक्छ । महमा रोगप्रतिरोधात्मक गुण हुन्छ । छालामा चमक ल्याउन समेत मदत पुग्छ । महलाई तातो कागतीपानीमा मिसाएर सेवन गर्नुपर्दछ । यसले मोटोपनबाट पनि छुट्कारा दिन्छ ।

बेसार पानीको प्रयोग :

बेसारले भाइरल समस्यालाई निको पार्छ । बेसारमा पाइने कर्क्युमिन रुघा९खोकीको समस्यासँग लड्न प्रभावकारी मानिन्छ । यसले रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ ।

ल्वाङ /सुकुमेल रदालचीनि र पानी :

एन्टीफंगल, एन्टीब्याक्टेरियल, एन्टीइन्फ्लेमेट्री र एन्टीसेप्टिक गुण भएको ल्वाङ रुघाखोकी लागेको समयमा औषधिको रुपमा काम गर्दछ । ल्वाङको प्रयोग सयौँ वर्ष देखि जडीबुटीको रुपमा गरिँदै आएको छ ।

अदुवा र तातोपानी :

गहिरो खोकी, घाँटी दुखाई र घाँटी खसखस , सुन्निनु, निल्न अप्ठेरो हुनु जस्ता समस्याको लागि अदुवाको प्रयोग हुने गर्दछ । यसको प्रयोग भाइरस समस्याबाट लड्न पनि हुन्छ । साथै अदुवाको प्रयोगले कोलेस्ट्रोलको स्तरमा कमि हुनुको साथै स्थिर हुन्छ ।

तर तपाईलाई गम्भिर किसीमले रुघा खोकीले सताएको छ भने चिकित्सकलाई भेटेर उपचार गरी औषधि सेवन गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?