के तपाईलाई थाहा छ ? भान्सामा प्रयोग हुने अदुवा यसरी प्रयोग गरे औषधि हुन्छ !

लोकपथ
0
Shares

काठमाडौं । नेपाली भान्सा निकै शक्तिशाली हुन्छ । किनकी हाम्रो भान्सामा दैनिक जसो प्रयोग गरिने मरमसलाहरु बहुगुणी र औधिय तत्व भएका कुराहरु हुन्छन् । जस्तो कि हामी अदुवा प्रयोग गर्छौं । अदुवाको प्रयोगले हाम्रो खाना मिठो र स्वादिलो त बनाउँछ नै । त्यसैमाथि अचार बनाउन तथा तरकारीमा हालेर हामी यसलाई खान्छौँ । तर हामी कतिपयलाई अदुवा औषधिको रुपमा पनि प्रयोग गरिन्छ भनेर थाहा नहुन सक्छ ।

यहाँ अदुवाको औषधीय गुणको बारेमा जानकारी संकलन गरी प्रस्तुत गरिएको छ ।

१. खाना खानु अघि एक टुक्रा अदुवामा सिधेनून अथवा अरु नै नून मिलाएर खाएमा अरुचि रोग हुँदैन । जसले गला जिब्रो सफा हुन्छ । भोक बढाउँछ ,पेटमा पाचन रस बनाउँछ , पखाला तथा दिशा सम्बन्धी केही रोग भए ठीक हुन्छ । खाना खाए पश्चात् एक टुक्रा अदुवा खाने गरे रोग लाग्न दिँदैन ।

२. अदुवाको रसमा बराबर मौरीको मह मिलाएर खाएमा श्वास रोग, कफ बिकार, मन्दाग्नि, रुघा,अमन हुने, वातज अण्डवृद्धि र श्वास बढ्ने रोगमा लाभ हुन्छ ।

३. कागतीको रसमा अदुवा मिलाएर खानाले पैत्तिक मन्दाग्निमा, सक्खरमा मिलाएर खानाले अजीर्णमा, पुरानो गुँड मिलाएर खानाले खोकीमा,शरीर सुनिएकोमा र जिउ चलाउने मिश्रीसँग मिलाएर खाएमा अथवा मह मिलाएर खानाले, कफ रुघामा तुलसीको रस, मह र मुजुरको प्वाँख डढाएको खरानी मिलाएर खानाले छाद्ने रोग सन्चो गर्छ । दूध मिलाएर नाकबाट खुवाए टाउको दुख्नेमा, जुवानो अदुवाको रसमा पिँधेर शरीरमा घस्नाले बाथको पीडामा, क्रिफला र गुँड मिलाएर दिनाले सन्निपातमा, ज्वरो आएको रोगीको घाँटी घरघर गर्नेमा लाभ गर्छ । अदुवाको रस नाकबाट भित्र चुहाउनाले ज्वरोको मूर्छामा लाभ गर्छ । शरीरको गर्मी जति तातो गरी कानमा टप्काउनाले कान दुख्ने रोग जाती हुन्छ । अदुवा पिसेर हात खुट्टामा दल्नाले हातखुट्टा बाउँडिने समस्या पनि हराउँछ । यसको साथमा सिधेनुन मिलाएर खाने गरे राम्रो गर्छ ।

यतिका गुण बोकेको अदुवा निम्न लिखित रोगीले प्रयोग नगर्न चिकित्सकले सुझाएका छन् ।

पाण्डुरोग, हातखुट्टा, पायल्स, नङ, आँखा पहेँलो हुने रोग, जन्डीस , मूत्रकृच्छ, पिसाब पोल्ने रोकीने, ज्वरोमा शरीर पोल्ने, पित्त प्रकृतिवालालाई यसले हानी गर्छ । उनीहरुले खानु हुँदैन । तर सिधेनुन र ज्यामीर कागतीको रससँग मिलाएर खान सकिन्छ भन्ने धन्वन्तरिको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?