ट्रम्पविरुद्ध महाअभियोग : पूर्व राष्ट्रपतिलाई दोषी साबित गर्न मुश्किल

काठमाडौं । अमेरिकी संसदको उच्च सदन सीनेटले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोगको प्रक्रियालाई असंवैधानिक रहेको भन्ने प्रस्तावलाई मंगलवार खारेज गरेको छ ।रिपब्लीकन सदस्य रेण्ड पोलले यस बारेमा सीनेटमा एक प्रस्ताव पेश गरेका थिए ।

यो प्रस्तावमा मतदान भएको थियो । जसमा यसलाई सीनेटले ५५-४५ को अन्तरले खारेज गरेको छ । यो कुराले ट्रम्प महाअभियोगबाट मुक्त हुने संकेत देखिएको छ । रिपब्लीकन सांसद सीनेटमा एकजुट भएका थिए ।

ट्रम्पलाई दोषी ठहर्याउन ६७ भोटको आवश्यक थियो ।

जसमा अहिले डेमोक्रेट्ससँग ५० भोट रहेको छ ।

त्यसमा पूरा गर्नका लागि १७ रिपब्लीकन सांसदको भोट चाहिन्थ्यो । तर ५ रिपब्लीकन सांसदले मात्रै ट्रम्पविरुद्ध भोट हाले ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?