फाइनल पुग्न बागमतीलाई २ सय ३० रनको लक्ष्य

लोकपथ
0
Shares

काठमाडौं । प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबले बागमती प्रदेशलाई २ सय ३० रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा अलआउट हुँदै २ सय २९ रन बनायो ।

आर्मीका लागि राजेश पुलामीले ६५ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै भिम सार्कीले ४० रन जोड्दा बिक्रम सोबले ३५ रन जोडे ।

लोकेश बम २३ रनमा आउट हुँदा सुशन भारीले १६ र कप्तान विनोद भण्डारीले १० रन जोडे ।  बागमतीका गौतम केसीले ५ विकेट लिए ।

आजको विजेताले फाइनलमा एपीएफसँग खेल्नेछ । पुलिसलाई हराएर एपीएफ उपाधि नजिक पुगिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?