पहिलो हाफमा वालिङलाई ४ गोलको अग्रता

लोकपथ
0
Shares

काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा पहिलो हाफमा वालिङले ४ गोलको अग्रता बानएको छ । स्याङ्जाको वालिङ नगरपालिका र उदयपुरको चौदण्डीगढी नगरपालिकाबीच प्रतिस्पर्धा भईरहेको छ ।

वालिङका लागि विदेशी खेलाडी मिथो रुथले ह्याट्रिक गरिन् । मनमाया दमाईले थप एक गोल गरिन् । दुबै टिम पहिलो जितको खोजीमा रहेका छन् ।

लिगमा वालिङ २ अंक जोडेर छैटौं स्थानमा रहेको छ । पुछारमा रहेको चौदण्डीले अंक जोडेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?