मनमैजुबाट चोरीको मोटरसाईकलसहित १ जना पक्राउ

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले राजधानीमा हुने मोटरसाईकल चोरी नियन्त्रण उपर चलाएको विशेष अप्रेसनबाट चोरीको मोटरसाईकलसहित १ जना पक्राउ गरेको छ ।

पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले मनमैजुबाट बास्तविक नम्बर प्लेट परिवर्तन गरी प्रदेश ३-०२-००८ प ७८७२ नम्बरको कालो रंगको २२० सी.सी.को पल्सर मोटरसाईकल चलाइरहेको अवस्थामा मोटरसाईकल सहित १ जनालाई पक्राउ गरेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए ।

पक्राउ पर्नेमा जिल्ला नुवाकोट सुर्यगढी गाउँपालिका-४ घर भई हाल तारकेश्‍वर नगरपालिका-८ जरंखु बस्ने वर्ष ३३ को बिष्णु तामाङ रहेको महाशाखाले जनाएको छ ।

अनुसन्धानको क्रममा उक्त मोटरसाईकलको वास्तविक नं. प्रदेश ३-०२-०१२ प ६८३६ खुल्न आएको छ ।

काठमाडौं टोखा नगरपालिका-८ बस्ने राजेन्द्र पाण्डेले हराएको भनि यस महाशाखामा निवेदन दिएका थिए ।

मोटरसाईकलसहित चोरीमा संलग्न उक्त व्यक्तिलाई आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी वृत्त महाराजगञ्ज पठाईएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?