फ्रान्सबाट भारत पुगे तीन राफेल

काठमाडौं । भारतले थप तीन वटा राफेल फ्रान्सबाट भारत ल्याएको छ ।

यी सबै विमान ६७६४ किलोमिटरको यात्रा गरेर बुधवार साँझ ८ः३० बजे भारतको गुजरातस्थित नामनगर एयरबेसमा ल्याण्ड भएका थिए ।

अहिलेसम्म फ्रान्सले ११ वटा राफेल भारतलाई दिएको छ ।

यो भन्दा पहिला ४ नोभेम्बर २०२० मा दोश्रो पटक तीन राफेल र त्यो भन्दा पहिला २८ जुलाई २०२० मा पहिलो पटक पाँच वटा राफेल भारत पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?