चीनमा दुई करोड १५ लाख मानिसले लगाए कोरोना भ्याक्सिन, इजरायलमा सबैभन्दा धेरै भ्याक्सिनेशन

काठमाडौं । कोराना भाइरसबाट बच्नका लागि सारा विश्वमा नै भ्याक्सिनेशन जारी छ । अहिलेसम्म विश्वभर ७ करोड भन्दा धेरै मानिसले भ्याक्सिन लगाइसकेका छन् । यसमा अमेरिका, चीन र इजरायल सबैभन्दा अगाडि रहेका छन् ।

अमेरिकामा २ करोड ४४ लाख भन्दा धेरै र चीनमा लगभग सावा २ करोडले कोरोना भ्याक्सिन लगाइसकेका छन् ।

चीनले आफ्नो न्यू इयर भन्दा पहिला दोश्रो लहरबाट बच्नको लागि हरेक दिन टेस्टिङको क्षमता पनि डेढ करोड गरेको छ ।

त्यस्तै इजरायलमा ८२ प्रतिशत जनसंख्या अर्थात् ४० लाख मानिसले भ्याक्सिनेशन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?