काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेशनलले यसवर्ष गरेको (भ्रष्टाचार अवधारणा सूचांक) सर्वेक्षणमा नेपाल भ्रष्टाचार हुने देशको ११७ औं नम्बरमा परेको छ ।
त्यस्तै डेनमार्क र न्युजील्याण्ड सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकमा परेको छ । सर्वेक्षणमा कुल सय अंकमा नेपालले ३३ अंक पाएको छ । त्यस्तै डेनमार्क र न्युजील्याण्डले कुल सयमा ८८ अंक प्राप्त गरेका छन् ।
इन्टरनेशनले आज सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचांकमा यस्तो तथ्य बाहिरिएको हो । ट्रान्सपरेन्सीको सर्वेक्षण अनुसार साउथ सुडान र सोमालिया सबैभन्दा बढी भ्रष्टाचार हुने देशको सूचीमा परेका छन् ।
उनीहरुले एक सय मा १२ अंक मात्र प्राप्त गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया