चौँरी र भेडा प्रवर्द्धन गर्दै सिदिङ्वा गाउँपालिका

RSS
0
Shares

ताप्लेजुङ । सिदिङ्वा गाउँपालिकाले चौँरी र भेडा प्रवर्द्धन गर्न विभिन्न कार्यक्रम सञ्चालनमा ल्याएको छ । यसका लागि गाउँपालिकाले पशु व्यवसायीहरुलाई अनुदान सहित बीमाको व्यवस्था गर्दै आएको कृषि शाखा प्रमुख विकास थेबेले जानकारी दिए ।

उनका अनुसार सङ्घीय सरकाले भेडीगोठ प्रवर्द्धन कार्यक्रम अन्तर्गत ८० लाख विनियोजन गरेको छ । व्यावसायिक भेडापालक कृषकलाई ८० प्रतिशत अनुदान दिने गाउँपालिकाले कार्ययोजना बनाएको छ । यसका लागि ४० माउभेडा अनिवार्य हुनुपर्ने प्रावधान बनाइएको छ ।

भेडाको ऊनबाट तयार भएको राडीपाखी, कोट तथा विभिन्न सजावटका सामग्री तयारी गरी प्रवर्द्धन योजना गाउँपालिकाले बनाएको छ ।

गत वर्ष २० लाखको पशु बीमा कार्यक्रम सञ्चलान गरिएको गाउँपालिकाका लेखा अधिकृत वीरेन्द्र सिग्देलले बताए । बीमा शुल्क एक हजार १०० को प्रति पशु बीमा शुल्क गाउँपालिकाले तिरिदिएर पशुको बीमा गरेको छ । अहिलेसम्ममा सात बीमा भुक्तानी भइसकेको र केही प्रक्रियामा रहेको कृषि शाखाले जनाएको छ । गाउँपालिकामा ६ भेडाफार्म र ७ चौँरीफार्म दर्ता भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?