आइसीसी वन-डे र्‍यांंकिङ : कोहली पहिलो र रोहित दोश्रो स्थानमा यथावत

काठमाडौं । इन्टरनेशनल क्रिकेट काउन्सिल (आइसीसी) ले बंगलादेश-वेस्टइण्डिज र अफगानिस्तान-आयरल्याण्ड वन डे सीरीज सकिएपछि बुधवार ताजा वन डे र्‍यांंकिङ जारी गरेको छ ।

यसमा टप २ पोजिशनमा भारतीय क्रिकेट टीमका कप्तान विराट कोहली र रोहित शर्मा रहेका छन् । कोहली ८७० प्वाइन्ट्सको साथमा पहिलो र रोहित ८४२ प्वाइन्ट्सको साथमा दोश्रो नम्बरमा रहेका छन् ।

त्यस्तै पाकिस्तानका बाबर आजम तेश्रो, न्यूजिल्याण्डका रोस टेलर चौथो, अष्ट्रेलियाका ऐरन फिञ्च पाचौँ, दक्षिण अफ्रिकाका फाफ डू प्लेसिस छैटौँ, अष्ट्रेलियाका डेभिड वार्नर सातौँ, न्यूजिल्याण्डका केन विलियम्सन आठौँ, दक्षिण अफ्रिकाका क्विन्टन डि कक नवौँ र इंग्ल्याण्डका जोनी बेयरस्टो दशौँ नम्बरमा रहेका छन् ।

त्यस्तै बलरमा न्यूजिल्याण्डका ट्रेन्ट बोल्ट ७२२ अंकका साथ पहिलो, अफगानिस्तानका मुजीव उर रहमान दोश्रो, भारतका जसप्रीत बुमराह तेश्रो नम्बरमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?