पाकिस्तान Vs दक्षिण अफ्रीका : आलमको शतकमा पहिलो टेस्टमा ८८ रनले अगाडि पाकिस्तान

काठमाडौं । फवाद आलमले आफ्नो करियरको तेश्रो शतक प्रहार गरेका छन् ।

यसका साथै दक्षिण अफ्रीकाविरुद्धको पहिलो टेस्ट म्याचमा पाहुना टीम पाकिस्तान ८८ रनले अगाडि रहेको छ । २७ रनमा चार विकेट गुमाइसकेको पाकिस्तानले दोश्रो दिन स्टम्पससम्म ८ विकेट गुमाएर ३०८ रन बनायो ।

दक्षिण अफ्रीकाको टोली पहिलो पारीमा २२० रनमा अलआउट भएको थियो ।

छैटौँ नम्बरमा ब्याटिङ गर्न गएका लेफ्ट ह्याण्ड ब्याट्सम्यान फवादले यस पारीमा १०९ रन बनाए ।

उनले २४५ बलको सामना गर्दै ९ चौका र दुई छक्काको सहयोगमा यो स्कोर खडा गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?