भक्तपुरमा गम्भीर घाइते अवस्थामा भेटिएका पुरूषको मृत्यु, अझै भएन सनाखत

लोकपथ
0
Shares

काठमाडौं । बुधवार राति करिब सवा ११ बजेतिर भक्तपुरमा गम्भीर घाइते अवस्थामा फेला परेका एक पुरूषको मृत्यु भएको छ ।

सडकमा मानिस लडिरहेको देखेपछि गस्तीमा रहेको प्रहरीको टोलीले तत्काल उद्धार गरी मध्यपुर ठिमी अस्पताल भक्तपुरमा उपचारका लागि पुर्‍याएको थियो । तर अस्पताल पुर्‍याए लगत्तै उनलाई अस्पतालले मृत घोषणा गरेका थियो ।

भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–१ स्थित लोकन्थलीबाट कोटेश्वर जाने सडकमा फेला परेका उक्त पुरूषको अझै सनाखत हुन सकेको छैन । मृतक पुरुषले कालो धर्के सर्ट, कालो ट्राउजर र खैरो जुत्ता लगाएका थिए । मृतको साथबाट कुनै पनि परिचय खुल्ने कागजपत्र, मोबाइल समेत फेला नपरेको महानगरीय प्रहरी वृत्त ठिमीका प्रहरी नायब उपरीक्षक ऋषीराम कँडेलले लोकपथलाई जानकारी दिए ।

सवारीले ठक्कर दिएर मृत्यु भएको हुनसक्ने आशङ्कामा प्रहरीले ठक्कर दिने सवारी साधनको खोजी भइरहेको महानगरीय प्रहरी वृत्त ठिमीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?