कप्तान विराट कोहली र अभिनेत्री तमन्ना भाटियालाई हाईकोर्टको नोटिस, लाग्यो यस्तो आरोप

काठमाडौं । केरला हाईकोर्टले हालैमात्र अभिनेत्री तमन्ना भाटिया र इण्डियन क्रिकेट टीमका कप्तान विराट कोहलीलाई नोटिस पठाएको छ । उनीहरुका साथै अभिनेता आजु वर्गीजलाई पनि कोर्टले नोटिस पठाएको हो ।

यी तीन सेलिब्रेटी अनलाइन रमी गेमका ब्राण्ड एम्बेस्डर हुन् ।

यो एक अनलाइन गेम हो । जसमा सट्टाबाजी गरिन्छ । यो खेललाई रोक लगाउने माग गर्दै सोसल मिडियामा हंगामा मच्चिएको थियो ।

त्यसपछि यसका ब्राण्ड एम्बास्डरलाई सट्टाबाजीमा बढावा दिएको आरोपमा नोटिस पठाइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?