गरगहना किन्दै हुनुहुन्छ ? हेर्नुहोस् सुनचाँदीको बजारभाउ

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ । बुधवार प्रतितोला छापावाला सुनको मूल्य ९२ हजार १ सय रहेको थियो ।

त्यस्तै आज सुनको मूल्य तोलामा १ सयले गिरावट आइ प्रतितोला सुन ९२ हजार कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य ९१ हजार ५ सय रहेको छ ।

बिहीवार चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले गिरावट आएको छ । बुधवार प्रतितोला चाँदीको मूल्य १ हजार २ सय ५० रहेको थियो । भने आज चाँदीको मूल्यमा गिरावट आइ प्रतितोला चाँदी १ हजार २ सय ४५ कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?