घरेलु मैदानमै युनाईटेड पराजित

लोकपथ
0
Shares

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेड पराजित भएको छ । बुधवार राति भएको खेलमा घरेलु मैदानमै युनाईटेड पुछारको सेफिल्ड युनाईटेडसँग २-१ गोल अन्तरले पराजित भएको हो ।

खेलको २३ औं मिनेटमा किन ब्रायनले गोल गर्दै सेफिल्डलाई अग्रता दिलाएका थिए । तर, खेलको ६४ औं मिनेटमा ह्यारीले गोल गर्दै युनाईटेडलाई १-१ गोलको बराबरीमा फर्काए ।

त्यसपछि खेलको ७४ औं मिनेटमा ओलिभर बुर्केले गोल गर्दै सेफिल्डलाई २-१ को जित दिलाए । पराजित भएसँगै युनाईटेडले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ ।

दोस्रो स्थानको युनाईटेडको २० खेलमा ४० अंक रहेको छ । लिग लिडर म्यानचेस्टर सिटीको ४१ अंक रहेको छ ।

सेफिल्ड ८ अंक जोडेर पुछारमा रहेको छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?