सुदूरपश्चिममा पहिलो दिन १ हजार ८२ जनाले लगाए कोरोनाविरुद्धको खोप

टेक सिँह धामी / धनगढी । सुदूरपश्चिममा पहिलो दिन १ हजार बढीले कोरोना विरुद्धको खोप लगाएका छन् ।

प्रदेशका खोप केन्द्रमार्फत १ हजार ८२ जनाले खोप लगाएका हुन् । सुदूरपश्चिममा कोरोना विरुद्धको पहिलो खोप प्रदेश स्वास्थ्य निर्देशनालयका स्वास्थ्य निर्देशक डाक्टर गुणराज अवस्थीले लगाएका थिए ।

पहिलो दिन बुधबार प्रदेशका ८ वटा जिल्लामा खोप लगाइएको हो । सबैभन्दा बढी कैलालीमा २ सय ५७ जना र सबैभन्दा कम दार्चुलामा ५० जनालाई खोप लगाइएको सामाजिक विकास मंत्रालयका प्रवत्ता नरेन्द्र सिंह कार्कीले जानकारी दिए ।

अछाममा २ सय ३६ जना, डोटीमा १ सय ५६, कञ्चनपुरमा १ सय २४, डडेल्धुरामा १ सय २२, बैतडीमा ७८, बझाङमा ५९ जनालाई लगाइएको उनले बताए ।

सुदूरपश्चिमका ८ वटा जिल्लामा खोप लगाइए पनि बाजुरामा भने बिहीबार बिहानबाट खोप लगाउन सुरु गरिने बताइएको छ । संघीय सरकारले सुदूरपश्चिमका लागि कोरोना विरुद्धको ३६ हजार डोज खोप धनगढी पठाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?