आर्मीविरुद्ध बलिङ गर्दै बागमती

लोकपथ
0
Shares

काठमाडौं । प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल आज भइरहेको छ । टियु क्रिकेट मैदानमा हुने दोस्रो सेमिफाइनलमा बागमती प्रदेश र त्रिभुवन आर्मी क्लब भिड्दै छन् ।

आर्मीविरुद्ध बागमती प्रदेशले पहिला बलिङ गर्ने भएको छ । बागमतीका कप्तान ज्ञानेन्द्र मल्लले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका छन् ।

बागमती र आर्मीबीचको भिडन्त बिहान ९ बजे सुरु भएको हो । दोस्रो सेमिफाइनलको लागि मैदान उत्रदा दुबै टिम जित निकाल्ने योजनामा हुनेछ ।

दुई उपाधि दाबेदार टिम जित निकाल्दै फाइनलमा पुग्न चाहन्छ । यस खेलको विजेताले फाइनलमा एपीएफसँग खेल्नेछ ।

समूह बी को बागमती ४ खेलमा ७ अंक जोडेर समूह विजेता बनेको हो ।

आर्मी ६ अंक जोडेर समूह ए को उपविजेता बनेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?