ओली र प्रचण्डको फरक तस्वीर तुलना गर्दै सूर्य थापाले भने- ‘बुझ्ने आआफ्नै स्तर हुन्छ’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमवार पशुपतिनाथ मन्दिरमा दर्शन गरेकोबारे विभिन्न टिकाटिप्पणी भइरहेको छ ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री ओलीले विश्व शान्ति र मानव कल्याणको लागि पूजा स्वभाविक नमानिएको भन्दै आपत्ति जनाएका छन् ।

सल्लाहकार थापाले नेकपा प्रचण्ड(नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भैँसी पूजा गरेको तस्वीर सार्वजनिक गर्दै कटाक्ष गरेका हुन् ।

“पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो शक्ति बृद्धिका खातिर सायद सुनसरीमा भैंसी पूजा गर्नुभएको थियो । भैंसी पूजा गर्नुलाई पशुपतिनाथ मन्दिरमा पुगेर विश्व शान्ति र मानव कल्याणको लागि पूजा गर्नुजस्तो स्वभाविक मानिंदैन ।” सामाजिक सञ्जालमा लेख्दै भनेका छन् ।

पशुपति विकास कोषका संरक्षक समेत रहेका प्रधानमन्त्री ओलीले माघ १२ गते बिहान ८:३० बजे पशुपतिनाथ मन्दिरको भ्रमण, निर्माणकार्यको  निरीक्षण एवं विशेष पूजा र दीप प्रज्वलन गरेका थिए ।

सुनको जलारी निर्माणको मन्दिरको योजनामा जम्मा रहेको ६५ करोड बजेटमा सरकारका तर्फबाट  ३० करोड उपलब्ध गराउने प्रतिबद्धताको घोषणा गरेका छन्।

पहिले पित्तल र तामाको जलारी रहेकोमा अब १४१ किलो सुनको जलारी निर्माणको सुनिश्चितता भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?