बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको क्वाटरफाइनलमा

लोकपथ
0
Shares

काठमाडौं । जितसँगै बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधवार राति भएको खेलमा रायो भालेकानोलाई २-१ गोल अन्तरले पराजित गर्दै बार्सिलोना क्वाटरफाइनलमा प्र

वेश गरेको हो ।

भालेकानोको मैदानमा बार्सिलोनाले पुनरागमन जित निकालेको हो । बार्सिलोनालाई जित दिलाउन लियोनल मेस्सी र फ्रान्क डि जोङले समान १-१ गोल गरे ।

Image

घरेलु टोलीका फ्रान्सिस्को गार्सियाले एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६३ औं मिनेटमा गार्सियाले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।

तर, ६९ औं मिनेटमा कप्तान मेस्सीले गोल गर्दै बार्सिलोनालाई १-१ गोलको बराबरीमा ल्याए ।

त्यसपछि खेलको ८० औं मिनेटमा जोङले गोल गर्दै बार्सिलोनालाई २-१ को जित दिलाए ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?