बार्सिलोना सर्वाधिक कमाई गर्ने क्लब, रियल दोस्रो

लोकपथ
0
Shares

काठमाडौं । स्पेनिस क्लब बार्सिलोना सर्वाधिक कमाई गर्ने क्लब बनेको छ । डेलोइट फुटबल मनी लिगले सार्वजनिक गरेको सर्वेक्षणमा बार्सिलोना सर्वाधिक कमाई गर्ने क्लब बनेको हो ।

बार्सिलोनाको सन् २०१९/२० को सिजनको कमाई ७१५.५ मिलियन पाउण्ड रहेको छ । बार्सिलोना दोस्रो पटक सर्वाधिक कमाउने क्लब बनेको हो ।

स्पेनिस क्लब रियल मड्रिड दोस्रो स्थानमा रहेको छ । रियलको कमाई ७१४.९ मिलियन पाउण्ड रहेको छ । तेस्रो स्थानमा जर्मन क्लब बायर्न म्युनिख रहेको छ । बायर्नको कमाई ६३४.१ मिलियन पाउण्ड रहेको छ ।

Image

सूचीको चौंथो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडको कमाई ५८०.४ मिलियन पाउण्ड रहेको छ । पाँचौं स्थानको लिभरपुलको कमाई ५५८.६ मिलियन पाउण्ड रहेको छ ।

यस्तै म्यानचेस्टर सिटी, पीएसजी, चेल्सी, टोटेनहम र युभेन्ट्स छैटौं देखि दशौँ स्थानमा रहेका छन् ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?