एसपीएललाई पाखा लगाउँदै युभेन्टस सेमिफाइनलमा

लोकपथ
0
Shares

काठमाडौं । जितसँगै युभेन्टस कोपा इटालिया फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधवार राति घरेलु मैदानमा भएको खेलमा एसपीएललाई ४-० गोल अन्तरले पराजित गर्दै युभेन्टस अन्तिम चारमा प्रवेश गरेको हो ।

युभेन्टसको जितमा अल्भारो मोराटा, जियानलुका फ्राबोट्टा, डिजान कुलुसेभ्स्की र फेडरिको चियसाले एक एक गोल गरे । खेलको १६ औं मिनेटमा मोराटाले पेनाल्टीमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

Image

खेलको ३३ औं मिनेटमा जियानलुकाले गोल गर्दा युभेन्टस २-० ले अघि रह्यो । खेलको ७८ औं मिनेटमा कुलुसेभ्स्कीले गोल गर्दै युभेन्टसलाई ३-० को अग्रता दिलाए ।

त्यसपछि खेलको ९० औं मिनेटमा फेडरिकोले गोल गर्दै युभेन्टसलाई ४-० को जित दिलाए ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?