बौद्धिकवर्गको प्रशंसा गर्दै भट्टराईले भने- दलहरु सत्तादोहनका भर्‍याङ मात्र बन्दैछन्

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले राजनैतिक दलहरू सत्तादोहनको भर्‍याङ मात्र बनेको टिप्पणी गरेका छन् । राजनीतिक दल समाजका अगुवा चेतनाका संगठित अभिव्यक्ति हुनुपर्ने मानिए पनि नेपालका राजनीतिक दलहरु सत्तादोहनको भर्‍याङ मात्र बनेको उनले बताएका छन् ।

संसद विघटनविरुद्ध अधिकारकर्मीहरूले गरेको आन्दोलनको पक्षमा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमार्फत् यस्तो टिप्पणी गरेका हुन् । पछिल्लो समय सञ्जिव उप्रेती, नारायण वाग्ले, युग पाठक लगायतका सार्वजनिक बौद्धिकहरूको सक्रियताको समेत उनले प्रशंसा गरेका छन् ।

“ओलीप्रतिगमनको गम्भीरता बुझ्न राजनीतिक दल/नेतालाई हम्मे पर्नु विडम्वनापूर्ण छ,” उनले लेखेका छन्, “दल भनेकै समाजका अगुवा चेतनाका संगठित अभिव्यक्ति हुन्/हुनुपर्छ। तर हामीकहाॅ दल सत्तादोहनका भर्यांग मात्र बन्दैछन्।यस्तोमा सार्वजनिक वौद्धिकहरूको सक्रियता प्रशंसनीय छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?