पीएम कपको दोस्रो सेमिफाइनलमा वाग्मती र आर्मीबीच प्रतिष्पर्धा हुने

काठमाडौँ । प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिताको दोस्रो सेमिफाइनलमा आज वाग्मती प्रदेश र त्रिभुवन आर्मी क्लब खेल्दै छन् । टियु क्रिकेट मैदानमा हुने दोस्रो सेमिफाइनल खेल बिहान ९ बजे शुरु हुनेछ ।

दुबै टिम जित निकाल्दै फाइनल प्रवेश गर्ने लक्ष्यसहित मैदानमा उत्रने छन् । आजको विजेताले फाइनलमा एपीएफसँग खेल्नेछ । पुलिसलाई हराएर एपीएफ फाइनल प्रवेश गरिसकेको छ । हिजो भएको खेलमा नेपाल पुलिस क्लबलाई ३० रनले हराउँदै एपीएफ फाइनलमा पुगेको हो ।

प्रतियोगिताको विजेताले १० लाख तथा उपविजेताले ५ लाख नगद प्राप्त गर्ने आयोजक नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?