कस्तो रहला आगामी तीन दिनको मौसम ?

काठमाडौँ । अहिले तराई भू-भागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ भने बाँकी भू-भागमा मौसम सामान्यतय सफा रहेको छ । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आगामी तीन दिनको मौसम पूर्वानुमान यस्तो रहेको छ ।
माघ १५ गते (बिहीवार)

आज दिउँसो प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहि बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ भने राती देशका पहाडी भू-भागमा आंशिक बदली रहि बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

माघ १६ गते (शुक्रवार)

शुक्रवार दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहि बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमापातको संभावना रहेको महाशाखाले जनाएको छ।

यस्तै शुक्रवार राती देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहि बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमापातको संभावना रहेको छ।

माघ १७ गते (शनिवार)

शनिवार दिउँसो प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहि बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ भने शुक्रवार राती प्रदेश १ को पहाडी भू-भागमा आंशिक बदली रहि बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?