खोप लगाउन कहिले कसको पालो ?

लोकपथ
0
Shares
फाइल तस्वीर

कोरोनाविरुद्धको खोप अभियान सुरु भएको पहिलो दिन बुधबार ९ हजार ७४२ जनाले खोप लगाएको खबर कान्तिपुरले छापेको छ । पत्रिकाका अनुसार सबै नेपालीलाई चार चरणमा खोप लगाइन्छ।

पहिलो चरणमा स्वास्थ्य र सामाजिक समूह (३ प्रतिशत अर्थात ९ लाख ११ हजार ९४२ जना), दोस्रो चरणमा ५५ वर्षमाथि,४०–५४ उमेर समूहका दीर्घरोगी र प्रवासमा दीर्घरोगी कामदारसहित (१७ प्रतिशत अर्थात ५१ लाख ६४ हजा २६९ जना), तेस्रो चरणमा ४०–४५ वर्ष उमेर (९.५५ प्रतिशत अर्थात २९ लाख१ हजार १०४ जना) र अन्तिम चरणमा १५–३९ वर्ष समूह (४२.७ प्रतिशत अर्थात १ करोड २७ लाख ८० हजार ४८ जना) लाई खोप लगाइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?