इन्फ्रास्ट्रकचर बैंकको आइपीओ ६० कित्तासम्म पाउने, बाँडफाँड शुक्रवार

काठमाडौँ– नेपाल इन्फ्रास्ट्रकचर बैंक ‘निफ्रा’ को आइपीओमा १४ लाख ७५ हजार ८० जनाको आवेदन योग्य भएको छ । बिक्रि प्रबन्धक एनआईबिएल एस क्यापिटलले आज आइपीओको प्रि अलोटमेन्ट सकेर सो को विवरण नेपाल धितोपत्र बोर्डमा पठाएको हो ।

जस अनुसार ६ हजार २ सय ७६ जनाको आवेदन अयोग्य भएको छ । क्यापिटलका अनुसार १० देखि ५० कित्ताको लागि आवेदन दिने सबैले माग गरे बमोजिम नै शेयर पाउने छन् ।

त्यसपछि ६० कित्ता र त्यस माथि माथिको लागि आवेदन दिने मध्येबाट ४ लाख ९२ हजार ७२ जनाले गोलाप्रथाबाट थप १० कित्ता शेयर पाउने छन् । यस हिसाबमा एक जनाले अधिकतम ६० कित्तासम्म शेयर पाउने भएका छन् । आइपीओको बाँडफाँड शुक्रबार बिहान १० बजे हुनेछ ।

बैंकले माघ २ देखि सर्वसाधारणको लागि आइपीओ निष्काशन गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी १२ अर्ब रहेको छ भने आईपिओपछि कम्पनीको चुक्ता पुँजी २० अर्ब पुग्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?