कांग्रेस नेता आचार्यद्वारा त्रिशूली अस्पताललाई ४६ लाख सहयोग

काठमाडौँ– नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधिसभाका सांसद मोहन आचार्यले नुवाकोटको त्रिशूली अस्पताललाई सहयोग गरेका छन् । रसुवाबाट २०७० सालको प्रतिनिधिसभामा निर्वाचित उनले अस्पताललाई ४६ लाख रुपैयाँ उपलव्ध गराएका हुन् ।

उक्त रकम जिल्ला समन्वय समिति मार्फत मंगलवार त्रिशुली अस्पतालको खातामा जम्मा गरिएको छ । आचार्यले नागरिकको शीघ्र स्वास्थ्य समस्या पहिचान र उपचारका लागि आफ्नो संसद विकास बजेटबाट उक्त रकम अस्पताललाई सहयोग गरेको बताइएको छ ।

आचार्यको संयोजकत्वमा मंसिर २२ गते बसेको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम निर्देशक समितिको बैठकबाट उक्त कार्यक्रमको रकम कोभिड १९ सम्बन्धी पूर्वाधार सञ्चालन तथा उपकरणका लागि दिने निर्णय भएको थियो ।

सोही अनुरुप रसुवाको कालिका गाउँपालिकाका लागि छुट्याइएको ४० लाख र गोसाईंकुण्ड गाउँपालिकाको ६ लाख गरी कुल ४६ लाख त्रिशुली अस्पताललाई दिने निर्णय भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?