गृहसचिवले किन भेटे अनशनरत गंगामायालाई ?

काठमाडौँ- गृहसचिव महेश्वर न्यौपानेको टोलीले वीर अस्पतालमा अनशनरत गोरखाकी गंगामाया अधिकारीलाई भेटेका छन्  । वीर अस्पताल पुगेर सचिव न्यौपानेले उनको उपचारबारे जानकारी लिएको गृह मन्त्रालयका सहायक प्रवक्ता प्रेमलाल लामिछानेले बताए ।

सचिव न्यौपाने, कानुन मन्त्रालयका सचिव ऋषि राजभण्डारी र प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री अस्पताल पुगेका हुन् ।  टोलीले उनको उपचार प्रबन्धबारे समेत अस्पतालका अधिकारीसँग छलफल गरेका छन् ।

छोराका हत्यारालाई कारबाहीको माग गर्दै अधिकारी अनशन बस्दै आएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?