बाम गठबन्धनले प्रदेश र प्रतिनिधीसभामा दुईतिहाई ल्याउछः ओली

काठमाडौँ, १७ असोज । नेकपा एमालेका आध्यक्ष केपी शर्मा ओलीले आगामी प्रदेश र प्रतिनिधीसभामा बाम गठबन्धनले दुईतिहाई ल्याउने दाबी गरेका छन् । नेकपा एमाले, माओवादी केन्द्र र नया शक्ति पाटीबिच चुनाबी तालमेल घोषणा सभामा बोल्दै अध्यक्ष ओलीले अब बाम गठबन्धनलाई दुई तिहाई ल्याउन कुनै शक्तिले रोक्न नसक्ने दाबी गरेका हुन् । उनले बाम गठबन्धन मुल्कको राष्ट्रवादी शक्ति बन्दै जनताको असल पार्टी बन्ने उद्घोष पनि गरे । एकाएक बाम पार्टीबिचको चुनाबी तालमेल र पार्टी एकतासम्मको बहसले नेपाली राजनीतिमा नया तरंग शिर्जना भएको छ । भने माओवादी केन्द्र र नेपाली कांग्रेसबिचको सत्ता गठबन्धन अब के हुन्छ भन्ने विभिन्न किसिमको अडकलबाजी पनि शुरु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?