“म त हिँड्छु मेरै बाटो खुट्टा तान्दै गर भनेर गीत गाउन मात्र सजिलो रै’छ”- प्रधानमन्त्री ओली (भिडियोसहित)

काठमाडौँ–  प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनमा प्रचण्ड–माधव पक्षको १० सिट पनि नआउने दाबी ग रेका छन् ।

बुधवार आफु निकट आदिबासी जनजाती महासंघ नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आगामी निर्वाचनमा पुष्पकमल दाहाल प्रचण्ड–माधव कुमार नेपाल पक्षको १० सिट पनि नजित्ने दाबी गरेका हुन् । उनले प्रचण्ड–माधव पक्ष सफलताको बाटो तर्फ नहिडेर भिरको बाटो हिडेको टिप्पणी पनि गरे । जनताले उक्त पक्षलाई कहिल्यै माफ नगर्ने प्रधानमन्त्री ओलीको भनाई छ ।

उनले बैशाख २७ गतेसम्म पुग्दा प्रचण्ड–माधव पक्ष बरफ पग्लिए जसरी पग्लिएर सकिने पनि बताए । प्रधानमन्त्री प्रधानमन्त्री ओलीले आधिकारिक पार्टी आफुहरुको भएको बताए । विगतमा पार्टी र सरकार चलाउन नदिई खुट्टा तानिएको भन्दै उनले आगामी दिनमा नीतिगत तथा वैचारिक आधारमा पार्टी र सरकारलाई ठिक ढंगले चलाई पार्टीलाई एकढिक्का बनाई अघि बढाउने पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?