“निजी क्षेत्रका संगठनले ९० प्रतिशत भन्दा बढी विषयमा एकता गर्न सकिन्छ”- शेखर गोल्छा (भिडियो)

काठमाडौँ – निजी क्षेत्रका छाता संगठनहरुले अधिकांश आर्थिक एजेण्डाहरुमा जुटेर कार्यगत एकता गर्न सकिने बताएका छन् ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको ‘आर्थिक मुद्धामा निजी क्षेत्रको एकता र आगामी कदम’ विषयम अन्तक्रिया कार्यक्रममा उद्योग वाणिज्य महासंघ,उद्योग परिसंघ र नेपाल चेम्बर्स अफ कमर्सले यस्तो बताएका हुन् ।

सो कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले निजी क्षेत्रका सबै संगठनले अर्थतन्त्रका ९० प्रतिशत भन्दा बढी विषयमा कार्यगत एकता गर्न सकिने बताएका छन् ।

विगतका दिनहरुमा पनि निजी क्षेत्रका तीनै संगठनहरु मिलेर जाँदा निजी क्षेत्रले राखेको उद्येश्य पूर्ति भएको भन्दै अध्यक्ष गोल्छाले एकताको विकल्पै नभएको बताए । ‘विगतमा हामीले बजेट,मौद्रिक नीति,संविधानका विषयमा होस्,या अन्य विषयमा एकताबद्ध भएर जाँदा उद्येश्य पूर्ति भएको छ ।’ उनले भने ।

निजी क्षेत्रले जहिले पनि व्यापार घाटा कम गर्दै उच्च आर्थिक वृद्धिका साथ मुलुकको आर्थिक समृद्धि चाहेको अध्यक्ष गोल्छाको भनाई थियो । त्यस्तै, जुन मुलुकमा निजी क्षेत्रलाई विश्वास गरिन्छ । त्यस मुलुकको आर्थिक विकास द्रुत गतिमा भएको भन्दै सरकारले निजी क्षेत्रलाई विश्वासमा लिएर अगाडि बढ्नुपर्ने उनले बताए । त्यस्तै,उनले निजी क्षेत्रलाई विभाजन गर्न खोजिएको भन्दै आर्थिक एजेण्डामा निजी क्षेत्र टुटेर होइन,जुटेर जाने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?