नेपालमा कोरोनाविरुद्धको खोप : पहिलो दिन नौ हजार ८४ जनाले लगाए, साइड इफेक्ट देखिएन !

लोकपथ
0
Shares
फाइल तस्वीर

काठमाडौं – कोरोना भाइरस ‘कोभिड- १९’ विरुद्धको खोप अभियानअन्तर्गत आज (बुधबार) पहिलो दिन नौ हजार ८४ जनाले भ्याक्सीन लगाएका छन् ।

पहिलो दिन आज ६४ जिल्लाका ९३ खोप केन्द्रहरूमार्फत नौ हजार ८४ जना व्यक्तिले खोप प्राप्त गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
कुन प्रदेशमा कति ?
प्रदेश १ का एक हजार दुई सय ५५
प्रदेश २ का सात सय २६
वागमतीका दुई हजार ६ सय ९४
गण्डकीका एक हजार आठ सय ४३
लुम्बिनीका सात सय ३३
कर्णालीका सात सय ५१ र सुदूरपश्चिम प्रदेशका एक हजार ८२ जनाले खोप लगाएका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले खोप अभियानको शुभारम्भ सफलतापूर्वक सञ्चालन भई खोप लगाएका व्यक्तिमा अहिलेसम्म कुनै पनि स्वास्थ्य समस्या नदेखिएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?