पूर्व भारतीय क्रिकेटर सौरव गांगुली अस्पताल भर्ना

काठमाडौं । भारतीय क्रिकेट कन्ट्रोल बोर्डका अध्यक्ष तथा पूर्व भारतीय क्रिकेटर सौरव गांगुली स्वास्थ्यमा समस्या आएका कारण अस्पताल भर्ना भएका छन् ।

उनी कोलकताको अपोलो अस्पतालमा भर्ना भएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन्।

उनलाई शिर सम्बन्धी समस्याले फेरि सताएको बताइएको छ ।

यो भन्दा पहिला पनि २ जनवरीमा उनी कार्डियक अरेस्टपछि अस्पतालमा भर्ना भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?