एपीएफ प्रधानमन्त्री कपको फाइनलमा प्रवेश

काठमाडौं । एपीएफ क्लव जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज (बुधवार) भएको पहिलो सेमिफाइनल खेलमा नेपाल पुलिस क्लवलाई ३० रनले पराजित गर्दै एपीएफ प्रतियोगिताको फाइनल चरणमा प्रवेश गरेको हो ।

एपीएफले दिएको २०४ रन विजयी लक्ष्य पछ्याएको पुलिसले ४९.२ ओभरमा सबै विकेट गुमाउँदै मात्र १७३ रन नै बनाउन सक्यो।

पुलिसका लागि पवन सराफले ४०, दिपेन्द्र सिंह ऐरीले ३३, रशिद खानले ३४, अनिल शाहले २१, आरिफ सेखले १६ र सागर ढकालले ११ रनको योगदान दिए ।

एपीएफबाट बलर भुवन कार्कीले ४ विकेट लिए भने, कमल ऐरी, अविनाश बोहोरा र शरद भेस्वाकरले समान २(२ विकेट हात पारे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?