तपाईलाई थाहा छ – साँझमा के गर्ने, के नगर्ने ? (टिप्ससहित)

लोकपथ
0
Shares

काठमाडौं – कहिलेकाहिँ मानव जाति आफ्नै कारणले दुख झेल्न बाध्य हुन्छ । किनकी उसलाई आफूले गरेको राम्रो – नराम्रो कुराबारे खासै ज्ञान हुँदैन । तर यहाँ शास्त्रले भनेका केहि कुराहरु प्रयोग गरेर हेर्नुहोस् तपाईको लागि राम्रा दिनहरु आउन सक्छन् । के हुन् तयस्ता काम जुन घरमा साँझ गर्दा असाध्यै शुभ हुन्छ ।

-घाम डुब्न लाग्दा सरसफाई गर्नुहोस् । माटोको घर छ भने साँझमा सफा हुनेगरी लिपपोत गर्दा पनि राम्रो मानिन्छ ।
-दिप प्रज्वलन
-आरति
-मनोरम वातावरण /भजनकिर्तन
-परिवारका सदस्यबीच छलफल, सरसल्लाह, कुराकानी ।
-रातको आठ बजे गावै रातको खाना खाएर १० बजेअगाडी सुतिसक्नुहोस् । बरु विहान सबेरै उठ्दा स्वास्थ्यको लागि पनि र घरको लागि पनि राम्रो शुभ हुन्छ ।
साँझमा गर्नै हुन्न यस्ता कर्म :

हुन त तपाईलाई लाग्ला काम गर्ने पनि समय हुन्छ र ? तर हाम्रो धार्मिक मान्यताअनुसार हामीलाई कुनै विशेष समयमा केही काम गर्न बर्जित गरिएको छ। साँझको समय अर्थात् जब सूर्यास्त हुन्छ, त्यतिबेला केही काम नगर्न मनु संहिताले भनेको छ । के हुन् ति काम ?

साँझपख सुत्नु हुँदैन : मनु संहितामा सन्ध्याकालमा सुत्न नहुने कुरा उल्लेख छ । साँझपख सुत्नाले तपाई /तपाईको परिवारमा गरिबी मात्रै हैन, रोगी र अल्पायू पनि हुने उल्लेख छ । नङ काट्ने, कपाल काट्ने, कपाल कोर्ने, कानेगुजी झिक्ने जस्ता कामहरु पनि साँझ परेपछि गर्न हुँदैन ।

तुलसीको मोठमा जल अर्पण गर्नु हुन्न :  घरमा तुलसीको मोठ छ भने, साँझको समयमा कहिल्यै पनि जल अर्पण नगर्न भनिएको छ । धर्मशास्त्रले यो पनि भनेको छ तुलसी पत्ता पनि साँझको समयमा नटिप्नुहोस् । साँझको समयमा तुलसीको मोठ सफा गरेर दीप प्रज्वलन गर्नाले घरमा सुखप्राप्ति हुन्छ ।

कुचो नलगाउनुहोस् : साँझको समयमा बर्जित गरिएको अर्को काम हो, कुचो लगानु । साँझ परेपछि कुचो लगाउँदा घरको सकारात्मक उर्जा बाहिर जाने र नकारात्मक तत्व घरभित्र प्रवेश गर्ने धार्मिक विश्वास छ । यदी यस्तो कर्म गरेमा घरमा दरिद्रताले बास गर्छ ।यदी तपाई धर्मशास्त्रमा विश्वास गर्नुहुन्न भने यो विश्वास मान्नुहोस् कि साँझमा कुनै बहुमुल्य वस्तु कसिंगरको रुपमा फालिन सकिन्छ । त्यसैले साँझमा बढारिएको फोहोर बाहिर नफाल्नुहोस् ।

कसैको निन्दा गर्नुहुँदैन : हुन त कुनैपनि समयमा अर्को डाह, ईष्र्या, आलोचना, कुरा काट्ने काम गर्नुहुँदैन । धर्मशास्त्रमा अझ साँझको समयमा भुलेर पनि त्यस्तो काममा संलग्न नहुनुहोस् ।

साँझमा नरिसाउनु /क्रोध नलिनु /झगडा नगर्नू : मानवको सबैभन्दा ठूलो दुश्मन हो – रिस राग र क्रोध। रिसले स्वयम्लाई र लक्षित व्यक्तिलाई मात्रै होईन सिंगो वातावरणलाई दुषित बनाउँछ । तपाई रिसाउँदा तपाईबाट निस्कने गलत नकारात्मक उर्जाले वातावरण धमिलो बनाउँछ । साँझको समयमा धनकी देवी लक्ष्मीले पृथ्वी भ्रमण गर्छिन् भन्ने मान्यता छ । यदि तपाईं क्रोधित र अशान्त रहनुभयो भने उनको कृपा तपाईं, तपाईको परिवार वा त्यस किसिमको वातावरणमाथि रहने छैन ।

साँझ पढ्नुहुँदैन : साँझमा किताब लिएर पढ्न बस्दा हजुरबुबा हजुरआमाले साँझमा पढ्न हुँदैन भनेको त पक्कैपनि सुन्नुभएको होला । सकभर विहानको समय पारेर पढ्नुभयो भने त्यो दिमागमा बस्छ । अर्थात् दिगो रहन्छ । धर्मशास्त्रले पनि यो बर्जित गरेको छ ।

साँझमा खाना नखानूहोस् : घाम अस्ताएपछि खाना खानु राम्रो हो । तर ठ्याक्कै साँझमा खाना नखानुहोस् । यसले शरीरमा राम्रो उर्जा दिन सक्दैन भनिन्छ ।

साँझको समय शारीरिक सम्बन्ध राख्नुहुँदैन : धर्मशास्त्रहरुले निषेध गरेका कतिपय कुराहरु यदी हामीले जानेर नजानेर गरेमा त्यसले नोक्सानी गर्छ । यो समय घरको वातावरण सफा सुरम्य बनाई धार्मिक र पवित्र धुनहरु बजाएर शान्त रहन दिनुहोस् ।तर यो समयमा भएको शारीरिक सम्बन्धलाई राम्रो मानिँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?