विश्वकै धनी व्यक्ति जेफ बेजोसले प्रेमीकाका भाईसँग जरिबाना स्वरुप मागे १२ करोड

काठमाडौं । विश्वका धनी व्यक्ति तथा अमेजनका मालिक जेफ बेजोसले प्रेमीकाका भाईसँग जरिबानाको रुपमा १२.३ करोड रुपैयाँ मागेका छन् ।

Jeff Bezos

बेजोसकी प्रेमीका लोरेन स्यान्चेजका भाई माइकल स्यान्चेजले उनीविरुद्ध मानहानीको केस दर्ता गरेका थिए । माइकललको मुद्दा हारेपछि बेजोसले उनीविरुद्ध लीगल फीको रुपमा खर्च भएको पैसा मागेका हुन् ।

Jeff Bezos

यो विवाद २०१९ मा शुरु भएको थियो । त्यो बेला लरेन र बेजोस विवाहित थिए । तर दुवै जनाको अफेयरको बारेमा जानकारी विभिन्न मिडियामा आइसकेको थियो । पत्रिकाले प्राइभेट फोटो र म्यासेज छापेको थियो ।

त्यसपछि बेजोसले आफ्नी श्रीमती म्याकेन्जीसँग् सम्बन्ध बिच्छेद गर्ने निर्णय गरेका थिए ।

Jeff Bezos

पछि माइकल स्यान्चेजले आरोप लगाएका थिए कि, बेजोसले पत्रकारलाई उनीहरुले नेकेड फोटो म्यागेजिनलाई लीक गरेको बताएका थिए ।

Michael-Sanchez

माइकलले बेजोसले लगाएको आरोपका कारण उनको मानहानी भएको आरोप लगाएका थिए । तर प्रमाण नभएपछि जजले मुद्दा खारेज गरेका थिए । बेजोसले कोर्टमा आफूले कहिल्यै पनि माइकललाई फोटो लीक गर्ने आरोप नलगाएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?