पाकिस्तानमा हिन्दूहरूमाथि भइरहेको दमनविरुद्ध राष्ट्रिय एकता अभियानको काठमाडौंमा प्रदर्शन

काठमाडौं । राष्ट्रिय एकता अभियानले पाकिस्तानमा हिन्दूहरूमाथि भइरहेको दमन तथा अत्याचारविरुद्ध काठमाडौंमा प्रदर्शन गरेको छ।

No description available.

प्रदर्शनको क्रममा अभियानका अभियन्ताहरूले पाकिस्तानमा हिन्दूत्वमाथि कुठाराघात बन्द गर्, पाकिस्तानमा मानवअधिकार सुनिश्चित होस्, स्वामी परमहंसको समाधीस्थलको पुनर्निर्माण गर् र हिन्दू बालिका अपहरण बन्द गर् लगायतका नारा लगाएका थिए।

No description available.

अभियानका संयोजक विनय यादवले पाकिस्तानमा स्वामी परमहंसको समाधीस्थल तोडफोडको विरुद्धमा बिरोध प्रदर्शन गरिएको बताए । उनले पाकिस्तानमा हिन्दू तथा अल्पसंख्यकमाथी हुने हत्या, हिंसा, अपहरणको विरुद्धमा र मानवताको पक्षमा एकवद्ध हुन सबैलाइ आह्वान गरे।

No description available.

पाकिस्तानमा ती हिन्दू सन्तको समाधीस्थल ३० डिसेम्बर २०२० मा मुस्लिम कट्टरपन्थीहरूले भत्काएका थिए। स्थानीय मुस्लिम जनताको आक्रोसित भीडले पाकिस्तानको खैबर पख्तूनख्वा प्रान्तको कारक जिल्ला टेरी गाउँमा रहेको हिन्दू मन्दिर र उक्त समाधीस्थल ध्वस्त पारिदिएको थियो।

No description available.

यो ठाउँ पाकिस्तानको राजधानी इस्लामाबाददेखि ३ सय किलोमिटर टाढा छ। शताब्दी पुरानो मन्दिरमा मन्दिर र हिन्दू संत श्री परमहंस जी महाराजको स्थायी विश्राम स्थान छ, जुन एक शताब्दी अघि मरेका थिए र त्यहि ठाउँमा गाडिएको थियो।

No description available.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?