सावधान ! रातमा निन्द्रा बिथोलिरहन्छ ? यस्तो हुनसक्छ कारण

लोकपथ
0
Shares

काठमाडौं – के तपाईँलाई अनिन्द्राको समस्या छ ? बेलाबेलामा निन्द्रा बिथोलिरहन्छ ?

अचेल अधिकांश मानिस मस्त निदाउन सक्दैनन् । निन्द्रा पुरा नहुँदा शरीरलाई आराम मिल्दैन । यसको नकारात्मक असर हाम्रो स्वास्थ्य र मस्तिष्कमा पर्छ । पर्याप्त निन्द्रा लिन नपाएमा हामीभित्र मानसिक तथा शारीरिक बिकारले डेरा जमाउँछ ।

अधिकांश नेपालीहरुको समस्या के छ भने उनीहरुको कुनै सुत्ने समय छैन । हो, यसकारण उनीहरु निकै ठूलो समस्यामा फसेका छन् । धेरैलाई हरेक बिहान फ्रेस देखिनुको सट्टामा निन्द्रा नपुगेजस्तो हाई काढिरहेको आलस्य, आँखाहरु रसिलो र अनिँदो देखिन्छ । यसको कारण के हो भने उनीहरु पर्याप्त मात्रामा सुतेको पनि हुँदैनन् । यसकारण ले गर्दा यो समस्या आएको हो ।
सामान्यतया बोलीचालीको भाषामा भन्ने गरिन्छ ‘एक दिनको निन्द्राले सात दिन पिरोल्छ ।’ यो भनाइ विल्कुलै सही हो । एक दिन राम्रो निन्द्रा परेन भने हरेक समस्याहरु सामना गर्नुपर्ने हुन्छ । साधारणतया मानिसहरु कम्तिमा आठ घण्टा सुत्नुपर्ने चिकित्सकहरुको भनाइ छ ।

अझ भन्ने हो भने पुरुषलाई भन्दा महिलालाई बढी सुत्नुपर्ने हुन्छ । महिलाहरु राती अबेरसम्म घरधन्दामा व्यस्त हुन्छन् र राती पनि ढिलो सुत्नुपर्ने हुन्छ । बिहान पनि ४ छ बजे नै उठेर चुलोचौका गर्न उनीहरुलाई भ्याई नभ्याई हुन्छ। पर्याप्त मात्रामा निन्द्रा नपुग्दा महिलाहरुको शरिरमा एक किसिमको दुष्प्रभाव पैदा हुन्छ ।

विज्ञहरु थप्छन्, महिलाहरुले धेरै मस्तिष्कको प्रयोग गर्नुपर्ने हुन्छ । थोरै समय काम गर्नुपर्ने भएपनि धेरै काम गर्नेपर्ने भएकाले दिमागलाई ताजा र चलायमान राख्न उनीहरुले पुरुषको तुलनामा बढी सुत्नुपर्ने हुन्छ । अझ शहर र धनाढ्य परिवारमा मानिसहरु निदाउनको लागि क्याप्सुलको समेत सहारा लिन्छन् ।

यसका अलावा तन्नेरीहरु भविष्य प्रेम सम्बन्ध साथीभाई र सामाजिक सञ्जालका विभिन्न एपमा घण्टौँ बिताएर बस्ने भएका कारण उनीहरुलाई निन्द्रा अपुग हुन्छ । यो समस्या समाधानका लागि हामीले केहि टिप्स जम्मा पारेका छौँ ।

यदि हरेक रातमा ३ देखि ५ बजेको बीचमा तपाईको निन्द्रा खुल्छ भने तपाईको फोक्सो र तपाईको दुखि स्वभाव यसको कारण हुन सक्छ । यसको लागि श्वासप्रश्वाससम्बन्धि व्यायाम गर्नु उत्तम हुन्छ ।

यदि हरेक रात ९ देखि ११ को बीचमा निन्द्रा आउँदैन भने यो तपाईले चलाएका विभिन्न एप तिनको स्क्रिन कलर र विज्ञापन आदीको कारणले हो ।

यस समयमा निन्द्रा आउँदैन भने तपाई निकै चिन्तित र तनावमा हुनुहुन्छ भन्ने कुराको संकेत हो । यसको लागि मेडिटेशन गर्नु उत्तम उपाय हुनसक्छ ।

यदि तपाई राति ११ बजेदेखि १ बजेको बिचमा ब्यूझिँनुहुन्छ भने तपाईको ‘इमोशनल डिसापोइन्टमेन्ट’ को इशारा गर्छ । पवित्र मन्त्र जप गर्ने , माफ गर्ने वा आफ्नो बर्तमान अवस्थालाई स्विकार गर्न सिक्नुस् यो समस्याको समाधान मिल्नेछ ।

रातको १ बजे देखि ३ बजेको बीचमा ब्यूँझिनु भयो भने यसले तपाईको भित्रि मनमा लुकेको आक्रोशलाई ईशारा गर्छ । यसबाट बच्नको लागि चिसो पानी पिउनु पर्छ र ध्यान गर्नुपर्छ ।

तपाईलाई थाहा छ वयस्कलाई सुत्नको लागि ७ देखि ८ घण्टा उत्तम हुन्छ । यसका अलावा बालबालिकाहरु उमेर समूह हेरेर सुत्नुपर्छ । अधिकांश बृद्धबृद्धालाई निन्द्रा नलाग्ने समस्या हुन्छ ।

हामी मध्ये धेरैको बानी हुन्छ, रातमा निद्रा परेन भने विभिन्न काम गर्ने अथवा अनेक खाने कुराको सहारामा निद्रा खोज्ने प्रयत्न गर्ने हुन्छ । अनिद्राका कारण हाम्रो शक्ति, भावनात्मक सन्तुलन र स्वास्थ्यमा नकारात्मक असर पुग्छ । त्यसैले पनि हामी विविध उपाय अपनाएर भएपनि निदाउने प्रयास गर्छौ । तर, हरकोहीलाई सजिलै निद्रा आउँदैन ।

कस्ता बानी त्याग्नुपर्छ ?

धुमपान
रातमा निद्रा परेन भनेर धेरैको चुरोट पिउने बानी हुन सक्छ । एक अनुसन्धानका अनुसार चुरोट पिउने मानिस अरु मानिसभन्दा ढिला निदाउने, थोरै सुत्ने र थोरै गहिरो निन्द्रामा पर्दछन् । धुमपान स्वास्थ्यको लागि हानीकारक भएका कारण पनि दिनमा पनि यस्तो कार्य नगर्नु राम्रो हुन्छ ।

रक्सी पिउने

तपाईंले जति धेरै पिउनुहुन्छ त्यति नै खराब तपाईंको ह्याङओभर र निन्द्राको गुणस्तर हुने गर्दछ । यसले कालान्तरमा तपाईलाई निन्द्रा नलाग्ने जस्तो गम्भिर रोग थपिदिन्छ । रकसी पिएर सुतेका अधिकांश मानिस मध्यरातमा ब्युझिने समेत गरेका छन् ।

क्याफिनको सेवन
क्याफेन एउटा यस्तो पदार्थ हो जसलाई तपाईंले बेलुकीपख र राती सकभर निषेध गर्नुपर्छ । मध्यरातमा कफी अथवा इनर्जी ड्रिंक्सको सेवन गर्नु भनेको तपाईंले आफ्नो अनिन्द्रालाई लम्ब्याउनु हो । दिनमा हलुका ढंगले एक कप कफि खानु राम्रो हुन्छ ।

चिनीयुक्त खानेकुराको सेवन
यस्ता खानेकुरा तपाईंले दिउँसो पनि खानुहुँदैन । तर यसलाई राती खानुहुन्छ भने यसले तपाईंको क्यालोरी बढाउने काम गर्छ भने अन्त्यमा तपाईंलाई निन्द्राबाट पनि वञ्चित गर्दछ । यस्ता खानेकुराले मोटोपना समेत बढाउँछ ।

मसालेदार, पिरो, अमिलो खानेकुराको सेवन
बेलुका अथवा राती स्पाइसी खानेकुरा खानाले तपाईंको शरीरमा समस्या आउँछ । निन्द्रा पनि भगाइदिन्छ । मोटोपना पनि बढाउँछ ।

पानी र अरु पेय पदार्थको सेवन
सुत्नुभन्दा एकघण्टा अगाडि पानी अथवा अरु पेय पदार्थको सेवन हानीकारक हुने विज्ञहरु बताउँछन् । सुत्नुभन्दा अगाडि तपाईंको शरीरले ती तरल पदार्थलाई खाली गर्नुपर्ने हुन्छ । सुत्नुभन्दा अघि अत्याधिक पानी पिउनाले तपाईंको शरिरले तपाईंलाई रातभरी पिसाब फेर्न गइरहन बाध्य बनाउँछ । निन्द्रा लागिरहेको बेला यसो गर्नु पक्कै पनि कसैलाई पनि मनलाग्दैन । यदि गइहाल्नुभयो भने तपाईको निन्द्रा खल्बलिन्छ ।

टिभी हेर्नु
तपाईं यदि सुत्नुभन्दा अघि टिभी हेर्नुहुन्छ, भिडियो गेम खेल्नुहुन्छ, इमेल चलाउनुहुन्छ र केही विद्युतीय उपकरणको प्रयोग गर्नुहुन्छ भने सुत्नुभन्दा अघि तपाईंको दिमागमा जे चल्नुपर्ने हो त्यो चल्दैन र तपाईंलाई निन्द्रा लाग्न समय लाग्छ । बढ्दो प्रविधीको प्रयोगका कारण बढेको समस्या हो, यो ।

कामको बारेमा सोच्नु
भनिन्छ नि तपाई कामलाई प्रेम गर्नुहोस् न कि कम्पनि वा अफिसलाई । त्यसैले वर्क आवर सकिएपछि आफ्नो काम अफिसमा नै छोडेर आउनुहोस् । आफ्नो निन्द्रामा काममा छोड्ने गर्नुभएको छ भने यसले तपाईंलाई नकारात्मक असर पुर्याइरहेको हुन्छ । राती आनन्दले आराम गर्नुहोस् ता कि अर्को दिन तपाईं राम्रोसँग आफ्नो काम सिध्याउन सक्नुहुन्छ । आफ्नो तनावलाई कम गर्नको लागि तपाईं आफ्नो परिवार र साथीभाइसँग समय बिताउनुहोस् ।

यसकारण दिउँसो निन्द्रा लाग्छ
रातमा मात्र होइन दिउँसो पनि आराम गर्नु र केहि बेर निदाउनु स्वास्थ्यका लागि राम्रो मानिन्छ । केहिले पावरन्याप पनि लिन्छन् । तर कोहीकोही मानिस यस्ता पनि हुन्छन् जसलाई दिउँसो धेरै निन्द्रा लाग्ने गर्छ । हामी सबैले महशुस गरेकै कुरा हो हामी चाहे जस्तो सुकै महत्वपूर्ण काममा संलग्न भएको किन नहोस् दिउँसो एक पटक निन्द्रा लागेर आउँछ।
मध्यान्हमा मानिसको शरीरमा उर्जाको मात्रा कम हुने गर्छ । यसकारण मानिसलाई दिउँसोमा अल्छी लाग्छ र सुत्न मन लाग्छ ।

यदि तपार्इलाई दिनभर थकान महसुस हुन्छ, आलस्य आउँछ र सुत्न मन लाग्छ भने त्यसको एउटा कारण तपाइँलाई अघिल्लो रात राम्ररी निन्द्रा नपरेकोले हुनसक्छ वा निन्द्रा बिथोलिएकाले पनि हुनसक्छ । अनियमित जिवनशैलीका कारण रातमा पर्याप्त र मीठो निन्द्रा नपर्दा दिउसो निन्द्रा आउने तथा आलस्य जाग्ने हुन्छ ।

तपाईँले सेवन गरेको औषधी पनि हुनसक्छ कारक :

दिउँसो बढि निन्द्रा लाग्नुको अर्को कारण तपाईँले कुनै रोगको उपचारमा खाइरहेको औषधि पनि हुनसक्छ । केही स्वास्थ्य समस्याको उपचारमा प्रयोग गरिने औषधि पनि दिनको निन्द्राका लागि जिम्मेवार हुन्छन् ।

निन्द्रा हाम्रो शरीरमा फूर्ति र ताजापन ल्याउनका लागि निकै महत्वपूर्ण हुन्छ । दिनभरि काम गरेर थाकेर आएपछि जो कोहिलाई पनि मीठो निद्रा चाहिन्छ । हाम्रो व्यस्त जीवनमा हामीले कम्तिमा पनि दिनमा ७ देखि ८ घण्टा सुत्नु अति आवश्यक हुन्छ । समयमा सुतेर उठ्दा दिनभरि शरीर स्वास्थ्य रहन्छ र मस्तिष्कले पनि सही तरिकाले काम गर्ने गर्छ ।

पानीको मात्रा :
हाम्रो शरीरमा पानीको मात्रामा कमी हुँदा पनि हामीलाई दिनभरि थकाइ लागेको अनुभव हुनुका साथै दिनभरी हाई आउने हुन्छ । त्यसैले हामीले दिनमा अत्यधिक पानी पिउने गर्नुपर्छ । हामीले हाम्रो दैनिक खानेकुरामा हरियो सागपात र विभिन्न तरकारीहरु समावेश गर्नुपर्छ । स्वास प्रस्वासमा समस्या तथा शरीरमा रगतको कमी र हेमोग्लोबिनको स्तर घट्दा पनि हामीलाई दिनभरि थाकेको जस्तो महसुस हुन्छ ।

व्यायाम :
बिहान छिट्टो उठेर ३० मिनेट जति व्यायाम गर्दा वा डुल्दा हाम्रो स्वास्थ्यलाई निकै फाइदा पुग्ने गर्छ । शारीरिक ब्यायामले हाम्रो शरीरलाई दिनभरि ऊर्जाशील बनाउछ । ब्यायाम गरिसकेपछि बिहान बिहान चिसो पानीले नुहाउने गर्नुपर्छ । यसले हाम्रो रक्त सञ्चारलाई सक्रिय पारेर हाम्रो शरीरलाई पूरा दिन ताजा राख्न मद्दत गर्छ । शरीरको थकाइ हटाउनका लागि तात्तातो चिया वा ताजा फलको जुस पिउनु राम्रो उपाय हो ।

कागती पानी पिउने :

बिहान कागती पानी पिउने गर्दा थकान कम लाग्छ र शरीरमा तुरुन्तै ऊर्जा आउछ । साथै शरीरमा थकाइ अनुभव भएजस्तो लाग्दा हात र गोडामा मालिश गर्नुपर्छ । यसले रक्तसंचारमा मद्दत गर्नुका साथै मांसपेशीलाई आराम गराएर शरीरलाई फुर्तिलो बनाउछ । शरीरमा तातो पानीले सेक्दा पनि आराम महसुस हुन्छ ।

किन लाग्दैन निन्द्रा ?

मनमा कुरा खेलाउने बानीले निन्द्र पर्दैन । धेरै सोच्ने, मनमै तर्क वितर्क गर्ने, कुण्ठा, गुनासा, आवेग जस्ता मानसिक विकारले निन्द्रा बिथोलिन्छ ।

– शारीरिक समस्याले पनि निन्द्रा लाग्दैन । कमजोरी वा कुनै पीडाको कारण मस्त सुत्न सकिदैन ।
तपाईको औषधी सेवन गर्ने सेड्युल छ भने पनि समस्या आउन सक्छ ।

– धेरै उत्साहित हुँदा, धेरै थाकेको बेला पनि निन्द्रा लाग्दैन, यद्यपी यी क्षणिक समस्या हुन् ।

समाधान के त ?

निदाउनका लागि औषधी सेवन गर्नु राम्रो विकल्प होइन । त्यसले नकारात्मक असर गर्छ ।

आफुलाई के कारणले निन्द्रा लागेको छैन भन्ने कुराको पहिल्याउनुपर्छ ।

राती सुत्ने समयलाई नियमित गर्नुपर्छ । संभव भएसम्म ८ देखि १० बजेसम्म ओछ्यानमा पुग्नुपर्छ । नियमित सुत्ने अभ्यासले ठीक समयमा निन्द्रा लाग्छ ।

ओछ्यानमा पुगेपछि मोबाईल र अन्य डिभाइसबाट टाढा रहने । ध्यान एकाग्र गराउने ।

कथा, उपन्यास पढ्ने अभ्यास छ भने मनपर्ने पुस्तक पढ्न सकिन्छ । त्यसबाहेक जीवनोपयोगी एवं धर्मको, दर्शनको पुस्तकहरु पढ्न सकिन्छ । यसले पनि मनलाई शान्त तुल्याउँछ र निन्द्रा लाग्छ ।

सुत्ने बेलामा हरहिसाब गर्ने, योजना बनाउने, वितेका कुरा सम्झने, अपमानित भएको कुरा सम्झने जस्ता कुराले मन अधैर्य र अशान्त हुन्छ । त्यसैले सुत्ने बेला यस्ता कुराबाट ध्यान हटाउनुहोस् ।

शारीरिक रुपमा निस्क्रिय हुँदा पनि निन्द्रा लाग्दैन । त्यसैले आफ्नो दैनिकीलाई सक्रिय बनाउनुहोस् । दिनमा त्यस्तो कुनैपनि गल्ती नगर्नुहोस्, जसले तपाईलाई ग्लानी, हिनताबोध हुन्छ । यस्ता कुराले राती सुत्न सकिदैन । सुत्नुअघि हल्का व्यायाम गर्नुहोस् । १५ मिनेटजति ध्यान गर्नुहोस् । यसले मनलाई शान्त तुल्याउँछ र निन्द्रा लाग्छ ।

मासिक धर्म बन्द हुँदा महिलाहरु धेरै बेचैन हुने गर्छन् । जसले गर्दा समयम नै सुत्न पाउँदैनन् । त्यसकारण निन्द्राको कमी हुन नदिन धेरै समय सुत्न दिनुपर्छ ।

गर्भावस्थामा महिलाहरुमा शारीरिक मानसिक बदलाव हुने गर्छ । महिनावारीको समयमा पेट दुख्ने, ऐठन हुने, वाकवाकी लाग्ने, मुड स्विङ हुने , अत्तालिने, घरीघरी भोक लाग्ने भएकाले राती सुत्ने बेलामा समस्या हुने गर्छ ।

वास्तुशास्त्रका अनुसार :

जुत्ता–चप्पल

पानीको जग

तेल

ऐना सुत्ने ठाउँ नजिक राख्नु हुँदैन । यी कुराहरुले निन्द्रा बिथोल्न सक्छ ।

अर्को कुरा तपाईलाई थाहा छ?

मोबाइलको ‘डार्क मोड’ आँखा र फोन दुवैका लागि राम्रो हो ।

राति सुत्नु अगाडि र बिहान आँखा खुल्नासाथै मोबाइल हेर्ने बानी अहिलेका प्रायः सबै मानिसमा हुन्छ । यस्तोमा लगातार फोनको चकिलो स्क्रिन हेर्दा थाकेको हाम्रो आँखाका लागि पछिल्लो समय आएको नयाँ ‘डार्क मोड’ फिचर बरदान सरह साबित हुन सक्छ ।

आँखालाई फाइदा पुर्याउनुका साथै यसले मोबाइलको ब्याट्रीलाई समेत लामो आयु प्रदान गर्न सक्ने प्राविधिक विद्हरुको दाबी छ । यति मात्र नभएर डार्क मोडले हामीलाई फोन कम चलाउनमा समेत मद्दत गर्न सक्ने बताइएको छ । सबै अवस्थामा उपलब्ध नभएपनि अहिलेका नयाँ एप र फोनहरुमा डार्क मोड अन गर्न सकिन्छ ।

विशेषगरी लामो समयसम्म प्रयोग गरिरहनुपर्ने एपहरुले धेरै अगाडि नै डार्क मोड फिचर अपनाइसकेका थिए जस्तै भिडियो एडिटर , एडोब र ट्वीटरले २०१६ देखि नै डार्क मोड अपनाएको हो ।

केही समय अगाडि मात्र लोकप्रिय सामाजिक संजाल इन्स्टाग्राम र युट्युबमा समेत यो फिचर जारी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?