रुसलाई शक्तिशाली बनाउन पुटिनले पेश गरे विधेयक

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले मंगलवार सांसदमा एक विधेयक पेश गरेर अमेरिकाको साथमा परमाणुहतियारको सन्धि पाँच वर्ष बढाएका छन् ।

रुसले अमेरिकाको साथमा गरेको परमाणु हतियारसँग सम्बन्धित न्यू स्टार्ट सन्धि अर्को हप्ता सकिँदै थियो ।

यो सम्झौता अमेरिका र रुसकोबीचमा कायम एक मात्र सम्झौता हो । यो सम्झौता रुसको परमाणु बलमा लगाम लगाउने र दुवै देशको बीचमा रणनीतिक स्थिरताका लागि अत्याधिक महत्वपूर्ण मानिन्छ ।

यो सन्धि २०१० मा भएको थियो । जसमा १५५० परमाणु हतियार मस्को र वाशिंगटनको तर्फबाट तैनाथ गर्न सकिेछ ।

मस्को र वाशिंगटन विश्वमा सबैभन्दा धेरै परमाणु हतियार राख्नमा सामेल छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?